पेट्रोलको मुल्य बढेपछि काठमाडौंमा अनेरास्ववियूका विद्यार्थीले गरे विरोध प्रदर्शन
२३ चैत्र २०७७, सोमबार १४:०२
काठमाडौं । सरकारले पेट्रोलको मुल्य बढाएको विरोधमा काठमाडौं बबरमहलस्थित अनेरास्ववियूका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार रातिदेखि लागू हुने गरी पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हुनाले नेपाल आयल नियमको कार्यालय बाहिर विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै धर्ना दिएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया