जातीय छुवाछूत र भेदभाव नेपालमा छदैछ दलित समुदायको यस्तो छ गुनासो – Nagarikabhiyan : National News

जातीय छुवाछूत र भेदभाव नेपालमा छदैछ दलित समुदायको यस्तो छ गुनासो

काठमाडौ ।  संविधानले जातीय छुवाछुत गर्न नपाइने र छुवाछूत गरेमा दण्ड जरिवानासमेत लाग्ने स्पष्ट उल्लेख गरेपनि हाम्रो देश नेपालमा जातीय छुवाछूत र भेदभाव छदैछ भन्ने दलित समुदायका अगुवाहरूको  गुनासो रहेका छन् ।

 

जातिय छुवाछूत अन्त्य गर्ने प्रतिबद्धता जनाएर छुवाछुत अन्त्यको घोषणा गरिएको भए पनि दलित समुदायमाथि जातीय छुवाछूत र भेदभाव अन्त्य नभएको र कार्यान्वयन फितलो भएको दलित उनीहरूको गुनासो छ । जातीय छुवाछूतकै कारण विभिन्न समयमा हिसांत्मक घटनासमेत घट्ने गरेका छन् ।

 

जातीय छुवाछूत अन्त्य गर्ने घोषणासहित नेपालका सबै राजनीतिक दलको प्रतिनिधित्वमा नेपालको संविधान निर्माण भएको भए पनि कार्यान्वयन पक्ष निकै फितलो भएको दलित अगुवाहरूको गुनासो छ । धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले दलितप्रति हेर्ने नजर नफेरिएको गुनासो गरेका हुन् । संविधानले व्यवस्था गरे अनुरुपकै आरक्षणबाट जनप्रतिनिधि बनेका तथा सरकारी सेवामा रहेकाहरू प्रति हेर्ने व्यवहारसमेत फरक देखिने गरेको उनीहरूले बताएका छन् ।

 

दलित समुदायबाट संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि पनि कानूनको कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । संसदले कानून बनाउने र सरकारी निकायबाट ती कानुनको कार्यान्वयन नहुनुकै कारण दलित माथिको छुवाछुत अन्त्य नभएको उनीहरूको तर्क छ । सरकारले भने सरकारी तहबाट कानुन बनाउनका लागि संसदमा पेस गर्ने कुरादेखि छलफल गर्ने कुरामा कमी नभएको दाबी गरेको छ ।

सरकारले दलितका पक्षमा गर्ने काममा की नभए पनि समाजमा बस्ने सबै व्यक्तिहरूको सोच परिवर्तन नहुँदा यो समस्याको समाधान हुन नसकेको सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले बताए । अब थर नै हटाएर नाम मात्रै राखेर नागरिकता बनाए मात्रै छुवाछूत अन्त्य हुने अवस्था आएको बताए ।

 

कानूनी रूपमा जातीय छुवाछूतको अन्त्य दण्डनीय भए पनि जातिय छुवाछुत र विभेदको घटनाहरूमा कमी हुन सकेका छैन । कानुनी पक्षलाई बलियो रूपमा कार्यान्वयन गर्दै र समुदायको मानसिकतासमेत परिवर्तन गर्दै जातीय छुवाछूतको समुललाई नष्ट गर्नु आवश्यक भएको कार्यक्रमका वक्ताहरूले बताएका छन् ।