विमानस्थलमा भावुक भए बाबुराम- कसरी आँसु थामिन्थ्यो र!
२२ चैत्र २०७७, आईतवार १४:१७
शव लिन गोरखाबाट आएका आफन्तलाई भेट्न उनी विमानस्थल पुगेका हुन् । बैदेशिक रोजगारीमा मलेशिया गएका १२ नेपालीको शव आज नेपाल ल्याएको थियो । शव आइपुगेका मध्ये गोरखा–२ सिरानचोक–५ का २८ वर्षिय सूर्य विक र गोरखा नपा–१२का २७ वर्षिय मेघबहादुर कुँवरको पनि शव आज आइपुगेको हो ।
पूर्वप्रधानमन्त्री भट्टराईले रोजगारीमा गएका नेपालीको बाकसमा फर्किनुपरेको भन्दै दुख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ,‘कस्तो दुःखद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो !तीमध्ये गोरखा–२सिरानचोक–५का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुककवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’

फेसबुकबाट तपाईको प्रतिक्रिया