पानीमा डुबेर नाबालिकाको मृत्यु – Nagarikabhiyan : National News

पानीमा डुबेर नाबालिकाको मृत्यु

राजविराज । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय निवासी देबिन यादवको १६ महिनेकी छोरी अस्मिता कुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खेल्ने क्रममा नजिकै रहेको कल(टुवेल)निर कपडा धुनको लागि पानी भरेर राखिएको बाल्टीनमा उल्टो परेर बाल्टीनमा खसेपछि ति बालिका निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता घटना बारे आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाइएको छ ।