ओरेक ३० औं बर्षमा प्रवेश – Nagarikabhiyan : National News

ओरेक ३० औं बर्षमा प्रवेश

काठमडौं ।  महिला पुनस्थापना केन्द्र (ओरेक) ले ३० औं  बर्षमा प्रवेश  अवसरमा बानेश्वरस्थित अपर्ण बैंक्वेटमा विद्यमान लैगिंक भूमिका र मानसिक स्वास्थ्यको सवालमा विषयक छलफल सम्पन्न गरेको छ ।

 

 यस संस्थाको मुख्य उदेश्य भनेको समानतामा आधारित देश, बेचबिखन मुक्त समाज, मानसिक तथा शारीरिक रुपमा स्वस्थ्य व्यक्तिहरु रहेको समाजको सपनालाई मूर्त रुप दिन रहेको छ । आफूलाई महिलावादी संस्थाको रुपमा नेपालभर स्थापित गर्न सफल ओरेक महिलावादी मूल्य, मान्यता तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ ।

 

महिला स्वास्थ र लैगिंक हिंसाविरुद्ध काम गर्दै आइरहेकोे यस संस्थाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको विषम पस्थितिमा पनि मानसिक रुपमा कमजोर भएका महिला, बालबालिका, किशोर, किशोरी, अपांगता भएका व्यक्तिहरु र वृद्धवृद्धाहरु त्यसमा पनि मजदुरी गरेर जीवन गुजारा गर्ने समुदायलाई लगातार परामर्शका सेवा प्रदान गर्दै आइरहेको छ ।