एकै परिवारका चार मृत फेला – Nagarikabhiyan : National News

एकै परिवारका चार मृत फेला

एजेन्सी । भारतको दिल्लीको रोहिणी क्षेत्रमा एकै परिवारका चार जना मृत फेला परेका छन् । बिहिबार एकै परिवारको चार जनाको शव भेटिएपछि उक्त क्षेत्रका बासिन्दाहरू त्रसित भएका छन् ।

मृत भेटिएका मध्ये एक जना भने झुण्डिएको अवस्थामा फेला परेका छन् । त्यही उनको श्रीमती र दुई छोराहरू भने एउटा कोठाको खाटमा मृत फेला परेका हुन् । श्रीमानलेपहिला श्रीमतीलाई मारेर दुई छोराहरूको पनि हत्यापछि आफू झुण्डिएको आशंका गरिएको भारतिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृतकको घर भित्रबाट बन्द थियो । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

झुण्डिएको अवस्थामा भेटिएका धीरज यादव हुन् । उनी ३१ वर्षका हुन् भने उनी डीटीसीमा बस चालकको रुपमा काम गर्थे । उनको श्रीमतीको नाम आरती हो भने उनको उमेर २८ वर्ष रहेको बताइएको छ । त्यसैगरी उनको छोरा हितेन ६ वर्षका हुन् भने अर्थव ३ वर्षका हुन् ।