चिकित्सकको लापरबाहीले एक विरामीको ज्यान गयो
१८ चैत्र २०७७, बुधबार ११:५४
काठमाडौ । चिकित्सकको लापरबाहीले एक विरामीको ज्यान गएको छ । बुधबार विहानैदेखि अस्पताल परिषरमा विरोध प्रदर्शन गरिरहेका छन् ।
रुपन्देही जिल्लाको तिनाउ इन्टरनेशनल अस्पतालमा गएराति चिकित्सकको लापरबाहीका कारण एक विरामीको मृत्यु भएको हो ।
मृतकका आफन्तका अनुसार रुपन्देहीको सैनामैना सालझण्डीकी ४४ वर्षीय पार्वती घिमिरे बराललाई लगातार वान्ता र स्वासप्रस्वासमा समस्या भएपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार मध्यरातमा असहज भएका बेला अस्पतालमा चिकित्सक थिएनन् । मध्यरातमा चिकित्सक नभएको र आउन ढिला हुँदा निधन भएको आरोप लगाएका छन् ।
मृतकका श्रीमान सूर्य बरालले भने ‘राती १ बजेर ५० मिनेटमा डाक्टरलाई कल गर्दा २ बजेर ४० मिनेटमा आइपुगे, ‘इमर्जेन्सीका ड्युटी अफिसर रुद्र भण्डारी समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको हो । राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया