आज १६७ काेराेना संक्रमित थपिए, तीन जनाकाे मृत्यु
१७ चैत्र २०७७, मंगलवार १६:५८
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । मंगलबार तीन हजार १४० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६७ जनाको नतिजा पोजेटिभ आएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ ।
हाल क्वारेन्टिनमा ५३ जना छन् भने आइसोलेसनमा एक ३९० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया