भूईमा सुत्नु हुन्छ कि बेडमा ? यस्ता छन् भूईमा सुत्नुका फाइदाहरु !
१७ चैत्र २०७७, मंगलवार १२:२७
पहिला-पहिला हाम्रा पुर्खा भूईमा सुत्ने गर्दथे । त्यस बेला त्यस्तै परिस्थिती थियो । तर समय परिवर्तनसँगै अहिले त्यो अवस्था छैन । आजकाल प्राय मानिस भुँईमा सुत्ने गर्दैनन् । समय परिवर्तन भएसँगै मानिसहरुले प्रतिष्ठाकै लागि भुँईमा सुत्न छोडेका छन् । मानिसका इच्छा, आकांक्षा, आवस्यकताहरु पनि फराकिला हुँदै गयो ।
यहि सिलसिलामा मानिसहरुकाे सुत्ने चालचलन पनि परिवर्नन हुँदै गयो । सुख सयल र सोखिन जीन्दगीका लागि मानिसहरुले सुन, हिरा जस्ता विभिन्न बहुमुल्य धातु जडित बिस्तारा प्रयोग गर्न थाले । नरम बेडमा सुत्दा केही समय आरम मिल्ने भएता पनि यसले स्वास्थ्यमा असर गर्न सक्छ । तसर्थ भुईमा सुत्ने गर्नुहोस् । जसले शरीरलाई आराम दिनुको साथै स्वास्थ्यको लागि पनि फाइदा हुन्छ ।
यदि कम्मर र गर्दनमा पीडा भएको छ भने, भुईमा सुत्नुस् । भुईमा सुत्ने गर्नाले यस्ता समस्याले सताउँदैन । निरन्तर रुपमा कम्प्युटरमा काम गर्ने, झुकेर हिड्ने, सही पोजिसनमा नबस्ने, गलत तरिकाले सुत्ने गर्नाले मानिसहरुमा काँध र गर्दन दुख्ने समस्या हुन्छ । तसर्थ यी समस्याबाट छुटकारा पाउनको लागि भुईमा सुत्ने गर्नाले यो समस्या बाट छुटकारा पाउन सकिन्छ । धेरै थाकेर निद्रा लागको छैन भने पनि भुईमा सुत्ने गर्नाले गजबको निद्रा पर्नुका साथै उठेपछि ताजापन अनुभव हुन्छ । शरीरको क्षमता अनुसार भुइमा सुत्ने गर्नाले आनन्दित महसुस हुन्छ ।
हुन न त कम्मर दुख्ने समस्या अहिले आम समस्या जस्तै बन्दै गएको छ । यसले जुनसुकै उमेर समुहका मानिसलाई पनि सताउँछ । यदि तपाईहरुमा पनि यस्तो समस्या छ भने भुईमा सुत्नुहोस । जसले राहत मिल्छ । भुईमा सुत्दा शरीरमा सही रक्तसञ्चार हुन्छ । यसका साथै दिमागको तालमेल सही हुन्छ र स्वस्थ रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया