विद्यार्थी माथी कुटपीट – Nagarikabhiyan : National News

विद्यार्थी माथी कुटपीट

देवानगंज । सुनसरीको हरीनगर गाउँपालिका वार्ड नं. ४ का १७ वर्षिय बालक सुभेष कुमार मेहतालाई हरिनगर माध्यमिक विद्यालयका शिक्षक रघुनाथ मेहताले कुटपीट गरेको गुनासो बाहिर छ । कुटपिट सहित यातना दिने शिक्षक ४० वर्षिय रधुनाथ मेहतालाई कारवाहीको विधार्थीका अभिभावकले माग गरेका छन् ।

अभिभावक रामदेव मेहताले शिक्षक मेहतालाई विद्यार्थी माथी यातना र कुटपीटको आरोपमा कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
शिक्षक रधुनाथ मेहताले चैत्र १३ गते हरिनगर माध्यमिक विद्यालयको प्राविधिक धार तर्फको कक्षा १२ मा अध्ययनरत्त बालक सुवेष मेहतालाई पाइपले कुटेर घाइते बनाएको भन्दैँ कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

शिक्षक मेहताले बालकलाई पाइपले कुट्दा टाउँकोमा टाका लगाएको छ भने हातमा निलडाम परेको छ । यता शिक्षक मेहताले होलीको बाहनामा झ्याल फोडेर निस्किन खोज्दा चोट लागेको र आफूले नपिटेको दाबी गर्नुभयो ।