चीनले नेपाललाई ८ लाख भ्याक्सिन उपलब्ध गराएको काठमाडौं आइपुग्याे – Nagarikabhiyan : National News

चीनले नेपाललाई ८ लाख भ्याक्सिन उपलब्ध गराएको काठमाडौं आइपुग्याे

काठमाडौं  ।  चीन सरकारले सहयोग दिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज बिहान साढे ८ बजे  काठमाडौं आइपुगेको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत कोरोना खोपसहितको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ । चीनले स्वास्थ्य सामग्री सहायता अन्तर्गत दिएको कोरोना भ्याक्सिन ‘भेरासेल’ आज आएकाे हो ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन र अन्य स्वास्थ्य सहायता सामग्री पनि आज आएको हो ।

चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले सहायता दिन लागेको भ्याक्सिन सहितको स्वास्थ्य सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेइजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।