मिथिला मध्यमा परिक्रमा आज सम्पन्न हुँदै, होली भोली मनाइने
१५ चैत्र २०७७, आईतवार ११:३४
जनकपुरधाम । मिथिलाको बहुचर्चित धार्मिक एवां एतिहासिक ‘मिथिला माध्यमिकी’ परिक्रमा सम्पन्न आज हुँदै छ। १४ दिन अघि शुरु भएको यात्रा आज १५ दिन जनकपुरको अन्तरगृह परिक्रमासंगै सम्पन्न हुनेछ ।
जनकपुरबाट विधिवत रुपमा शुरु भएको परिक्रमा फागु पुर्णिमा अर्थात आजको दिन जनकपुरको अन्तरगृह परिक्रमा पछि सम्पन्न भएपछि जनकपुरमा फागु उत्सव मनाउने तयारी शुरु हुनेछ । परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्टबाट मुक्ति एवं इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ।
फागुन औसींका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट परिक्रमा सुरु भएको थियो। मिथिलाविहारी (रामजानकी) को डोला जनकपुर ल्याई विभिन्न मठमन्दिरका डोला समाहित गरेर परिक्रमा प्रारम्भ गरिन्छ। फागु पूर्णिमा अर्थात् अजकै दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी यो उत्सव समापन गरिन्छ।
परिक्रमा धनुषा र महोत्तरीका दर्जनौं धार्मिक/ऐतिहासिक स्थानको ९० किलोमिटर र भारतको ३० किलो मिटर गरी १ सय २० किलोमिटर भूभागको यात्रा गरिन्छ। बृहत्, मध्य र अन्तरगृह गरी ३ प्रकारको परिक्रमा गरिन्छ। तर विभिन्न समस्याका बाबजुद परिक्रमामा सहभागी हुनेको संख्या अहिले पनि उल्लेखनीय छ।
परिक्रममा रामजानकीको डोलासँगै परम्परागत बाजागाजासहित मौलिक पहिरनमा लाखौं नरनारी सहभागी हुने गर्छन्।
१५ दिने परिक्रमाअन्तर्गत क्रमशः जनकपुरको हनुमाननगर, भारत विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल )भारत) र यात्राको अन्तिम दिन अर्थात् १५औं दिन जनकपुरको अन्तरगृहपरिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुन्छ।
परिक्रमामा धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत भारतका सीतामढी, मधुवनी, दरभंगालगायत स्थानबाट हजारौं हजार श्रद्धालु भक्तजन तथा साधुसन्त सहभागी हुन्छन्। प्रायः वृद्ध उमेरका मानिसको बढी सहभागिता हुन्छ।
टायरगाडा्, साइकल र टाउकोमा बन्दोबस्तीका समान लिएर हरेक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुइँ खनेर चुलो बनाई खाना पकाउनु, भजन/किर्तनलगायत धार्मिक गतिविधि गर्नु परिक्रमामा सहभागीको धर्म हो।
पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् । त्यस्तै परिक्रमामा बास बस्ने हरेका ठाएँका स्थानीयबास्दिा र विभिन्न संघसंस्थाहरुले सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् ।
स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुण्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया