थ्री नेसन्स कप – नेपाल फाइनलमा – Nagarikabhiyan : National News

थ्री नेसन्स कप – नेपाल फाइनलमा

काठमाडौं ।  नेपाल र बंगलादेशबीच  शनिबार भएको “थ्री नेसन्स कप” फुटबलको खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग पनि गोलरहित बराबरी खेलेको हो । यसैगरी  नेपालका तीन खेलाडीले राष्ट्रिय टिमका लागि डेब्यु गरेका छन् ।

मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती-११ मै डेब्युको अवसर पाएका थिए भने डिफेन्डर निशान खड्का खेलको ७१ औं मिनेटमा रञ्‍जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गर्न सफल रहे ।  अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ । यसअघि नेपालले किर्गिस्तानसँग पनि बराबरी खेलेको थियो ।