होली जस्ता विभिन्न चाडपर्वमा मदिराको विज्ञापन नगर्न प्रेस काउन्सिल नेपालको अनुरोध – Nagarikabhiyan : National News

होली जस्ता विभिन्न चाडपर्वमा मदिराको विज्ञापन नगर्न प्रेस काउन्सिल नेपालको अनुरोध

काठमाडौं ।  होलीजस्ता चाडपर्वमा मदिरालाई जोडेर विज्ञापन प्रचारप्रसार नगर्न प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यमलाई  निर्देशन दिएको छ ।

पत्रकार आचारसंहिता २०७३ विपरित काम गर्ने केहि सञ्चार माध्यमले होलीलाई लिएर मदिराहरुको विज्ञानपन प्रचारप्रसार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर विज्ञापन नगर्न निर्देशन दिएको हो ।

।

होली जस्ता विभिन्न चाडपर्वमा मदिराको विज्ञापन नगर्न आमसञ्चारमाध्यमलाई अनुरोध गर्दै विज्ञापन गरेको पाइएमा थप कानुनी प्रकृया अबलम्बन गर्न बाध्य हुने चेतावनी दिएको छ।