इटहरीमा भुमि सम्बन्धी समस्या सामाधनमा जोड
१२ चैत्र २०७७, बिहीबार १७:३३
सुनसरीको इटहरी उपमहानगरपालिकामा भुमि सम्बन्धी समस्या समाधान आयोगले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । विहीबार इटहरीमा रहेका सुकुम्वासी, भुमिहिनका समस्या समाधानका विषयमा छलफल गरेको हो । भुमि सम्बन्धी समस्या सामाधनमा स्थानीय तहको भुमिका विषयक अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले समस्या समाधानमा जोड दिएका छन् ।
कार्यक्रममा दिएको जानकारी अनुसार इटहरी उपमहानगरपालिकामा मात्रै १० हजारको संख्यामा भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थित वसोवास गर्ने परिवार रहेका छन् । यहाँ १० बढी सुकुम्बासीको अनुमानित तथ्याङ रहेको इटहरी प्रमुख द्धारिकलाल चौधरीले बताउनुभयो ।
चौधरीले इटहरीमा विकासका लागि भुमि सम्बन्धी समस्या र सुकुम्बासीहरु समेत केही चुनौती रहेकाले उनीहरुको समस्या सामाधनमा जोड दिनुभयो ।
इटहरीमा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि भुमि सम्बन्धी समस्या सामाधन आयोगका अध्यक्ष खेमराज पोखरेलको टोलीले अन्तरकृया सहित पदाधिकारीसंग छलफल गर्नुभयो ।
छलफलका क्रममा आयोग अध्यक्ष पोखरेलले इटहरीको भुमि सम्वन्धी समस्यालाई व्यवस्थित गर्न आयोग गम्भिर रहेको बताउनुभएको छ । पहिलो चरणमा इटहरीको समस्या समाधान गर्ने मनसाय आयोगको भएकाले आवश्यक पुर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो । आयोगले एउटा मापदण्ड वनाईरहेको र सोहि बमोजिम भुमिहिन तथा अब्यवस्थित वसोवास गर्नेहरु पहिचान गरिने जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख द्धारिकलाल चौधरीले २० वटै वडाहरुमा भुमि सम्बन्धी समस्या रहेकाले उपमहानगरपालिकाको तर्फवाट गर्नुपर्ने आवश्यक जस्तोसुकै प्रक्रिया पुरा गर्न आफुहरु तयार रहेको र यस समस्यालाई समाधान गर्न आफूहरु दृढ भएर लागिरहेको बताउनुभयो ।
इटहरीका प्रमुख प्रसासकीय अधिकृत, वडा अध्यक्षहरु , दलका प्रतिनिधिहरुले आयोगका अध्यक्ष पोखरेल, सदस्यहरुको टोलीले भुमिका समस्या सम्बन्धी छलफल गरेको थियो ।
१, सुनसरीको इटहरी उपमहानगरपालिकामा समपन्न भएको भुमि सम्बन्धी समस्या समाधान विषयक अन्तरकृया कार्यक्रमका सरोकारवालहरु ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया