महोत्तरीमा मानिसको खप्पर भेटे के बेपत्ता दम्पतिकै हो त ?
१२ चैत्र २०७७, बिहीबार १२:४०
काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ अत्तरा जाने बाटोमा थुपारिएको माटोभित्र मानिसको खप्पर भेटिएको छ ।
मानिसको खप्पर भेटिएकै सोहि ठाउँमा हड्डी मात्र भएको हात र थोरै कपाल पनि भेटिएको छ । हड्डी र खप्परको प्रकृति हेर्दा मृत भएको धेरै समय नभएको प्रहरीले आशंका गरेको छ ।
केहि समयअघि सोही गाउँका दुई दम्पती बेपत्ता भएका थिए । प्रहरीले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको थियाे । खप्पर भेटिएको घटनास्थलमा अहिले प्रदेशबाट सिआइबीको टोली र एसएसपी मोसाउद अलिखाँडको टोली पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया