जनता सचेत लकडाउन नहुने – माक्स अनिवार्य लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह
१२ चैत्र २०७७, बिहीबार १०:५८
काठमाडौं । लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्नेमा लकडाउन हुन सक्ने बताए ।
जनता सचेत भए लकडाउन नहुने भएको छ । कोरोना संक्रमणलाई भयावह रुपमा फैलिन नदिन “माक्स अनिवार्य लगाउन र सामाजिक दूरी कायम गर्न” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
देशभर कोरोना संक्रमितको संख्या उच्च हुन गएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने तसर्थ दोस्रो चरणको कोरोना महामारी न्यूनिकारण लागि सबै सर्तक हुनुपर्ने बताए ।
छिमेकी देश भारतमा कोरोना महामारीको संख्या वृद्धि र मृत्युदर वृद्धिभएपछि सर्तकतास्वरूप नेपालको ७७ औं जिल्लामा भीडभाड, जुलुस र र्याली नगर्न नपाइने अनुरोध गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया