काठमाडौंका सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई अब कारबाही (विज्ञप्ति) – Nagarikabhiyan : National News

काठमाडौंका सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई अब कारबाही (विज्ञप्ति)

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने जनाएको छ । जिल्ला प्रशासनले बुधवार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

काठमाडौं उपत्यकामा वृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत प्रशासनको आग्रह छ।

स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत आग्रह गरे।

प्रशासनले भारतसँगको खुला सीमानाका कारण सीमानाकाहरुबाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढ्दै गएको जनाउँदै यस्तो निर्देशन गरेको विज्ञप्तिमा जनाएको हो ।