७७ जिल्लाकै प्रशासनलाई क्‍वारेन्टिन र आइसोलेसन तयारी गर्न गृहमन्त्रालयको आदेश – Nagarikabhiyan : National News

७७ जिल्लाकै प्रशासनलाई क्‍वारेन्टिन र आइसोलेसन तयारी गर्न गृहमन्त्रालयको आदेश

काठमाडौँ  ।  कोभिड १९ को खतरा आउन सक्ने भन्दै करेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

 

कोरोनाको जोखिम बढ्ने संकेत गरिएको भएर गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको छ ।  जिल्ला प्रशासन कार्यालयलाई परिपत्रमा ” भेला,सम्मेलन तथा भीडभाड हुन नदिनु, स्वास्थ्यको मापदण्ड पालना गर्न लगाउनु ”  भनेर परिपत्र गरेको दिएका छन् ।