एक साताभित्र हस्ताक्षर फिर्ता नगरे कारबाही गरिने मुख्यमन्त्री राईको चेतावनी
११ चैत्र २०७७, बुधबार १३:२३
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्ना सांसदलाई सात दिनको समय दिएका छन् ।
आज बसेको संसदीय दलको बैठकमा राईले अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो । उनले अविश्वासको प्रस्तावमा एमालेको सांसदहरुले फिर्ता नलिए विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
संघीय संददीय दलको नेतासमेत रहेको ओलीले १ नम्बर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गर्न मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएको छ ।
मुख्यमन्त्री शेरधनराईको विरुद्धमा भीम आचार्यको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्ताव फिर्ता नलिए कारवाही गर्न ओलीले राईलाई निर्देशन दिएको छ ।
ओलीले राईलाई काठमाडौं बोलाएर हस्ताक्षरण फिर्ता लिन समय दिने र फिर्ता नलिए कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रदेश १ मा एमालेको ५१ जना सांसद रहेको छ भने मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसद रहेका छन् । तीमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।
आजको बैठकमा उपस्थित भएका माधव पक्षका २ जना सांसदहरुले भने केही दिनमा फिर्ता लिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया