प्रहरीले चलाएको गोली लागेर कैलालीमा दुईजना घाइते – Nagarikabhiyan : National News

प्रहरीले चलाएको गोली लागेर कैलालीमा दुईजना घाइते

कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा  प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन्।

घटनाका दोषीलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा आक्रोशित मृतक परिवार, आफन्त र स्थानीय भीडले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले गोली चलाएको हो ।

गोली चलाएपछि अहिले भीड आक्रोशित बनेको छ । सडक छेउका प्रहरी बिट र प्रतिक्षालय तोडफोडपपछि आगजनी गरिएको छ । गोली लागेर घाइते भएकाहरुको पहिचान खुलिसकेको छैन ।