विश्वविद्यालयको शुल्क वृद्धि भएपछि ७ वटा विद्यार्थी संगठन आन्दोलनमा – Nagarikabhiyan : National News

विश्वविद्यालयको शुल्क वृद्धि भएपछि ७ वटा विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौं  । सुदर पश्चिम विश्वविद्यालयमा शुल्क वृद्धि भएपछि ७ विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका छन् ।

विद्यार्थी शुल्क वृद्धिको विरोधमा शुल्क वृद्धि विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् ।

शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहने अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले भने, ‘शुल्क वृद्धिविरुद्ध चैत १२ गतेसम्म विरोधका कार्यक्रम तय गर्ने जनाएको छ ।

कोभिड–१९ का कारण अभिभावकको रोजगारी गुमेका कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले यसका विरुद्ध विरोधमा उत्रिनुपरेको विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीको भनाइ छ । विरोध कार्यक्रमबीच अध्यापनको कार्यलाई अवरोध भने विद्यार्थीले गरेका छैनन् ।

 


ADVERTISEMENT