बसको ठक्करबाट युवतीको मृत्यु – स्थानीयद्वारा प्रर्दशन
१० चैत्र २०७७, मंगलवार ११:५१
काठमाडौं । मंगलबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ ।
धनागढ़ीको लम्किचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीयले टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुङगा प्रहार गरेका छन् । मृतकको शव पनि ईलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदशन गरेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले तनाव बढेपछि बल प्रयोग गरेको बताए । उनका अनुसार ठक्कर दिने बस र बर्दोगोरिया गाउँपालिका-१ का चालक ३१ वर्षीय पुष्प कडेँललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया