इटहरीमा पनि देखियो कोरोना संक्रमण, सुनसरीमा २ जना थपिए
६ जेष्ठ २०७७, मंगलवार १०:२५
इटहरी । सुनसरीमा २ जना कोरोना संक्रमित थपिएका छन् । जसमद्धे १ जना इटहरी का युवा रहेका छन् । इटहरीमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर २ का एक जना १८ वर्षका पुरूषमा कोरोना भेटिएको हो । खोटाङ्ग स्थायी घर भई इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने १८ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमका अनुसार धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणबाट ती युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको बिषयमा थप विवरण लिने काम भईरहेको उपमेयर गौतमले जानकारी दिनु भयो । उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा राखेर उपचार गराईरहेको प्रतिष्ठानले जनाएको छ ।
उनि ज्वरो आएर धरान बिपि प्रतिष्ठान पुगेको बताइएको छ । यस्तै सुनसरीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ। उनीको पनि स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
सुनसरीमा हिजो गढी गाउँपालिकाका एक व्यक्तिमा संक्रमण पुस्टि भएको थियो । अब सुनसरीमा कोरोना संक्रमित को संख्या ३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया