पोखरीमा डुवेर बालिकाको मृत्यु – Nagarikabhiyan : National News

पोखरीमा डुवेर बालिकाको मृत्यु

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा पोखरीमा डुबेर एक जना बालिकाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय १३ वर्षीया अञ्जलीकुमारी यादव रहकेो जिल्लला प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँस्थित रहेको पोखरीमा नुहाउने क्रममा डुबेर वेहोस भएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।