मोटरसाइकल दुर्घटनमा एकको मृत्यु – Nagarikabhiyan : National News

मोटरसाइकल दुर्घटनमा एकको मृत्यु

राजविराज । राजविराज सडक खण्ड अन्र्तगत सप्तरीको खाडो पुल नजिक मोटरसाइकल दुर्घटनामा परि आईतवार एक जना युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ४ वस्ने १५ बर्षीय विवेक कुमार मण्डल रहेको प्रहरी नायव उपरिक्षक .माधव प्रसाद काफ्लेले बताउनुभयो ।

साथै सोही दुर्घटनमा परि मोटरसाइकलको पछाडी सवार हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा वस्ने १५ बर्षीय कौशल मंडल घाइते भएको प्रहरीले जनाएको छ । उनको राजविराजस्थित गजेन्द्र नरायण सिँह अस्पतालमा उपचार भइरहको छ ।

राजविराजबाट हनुमाननगर तर्फ जादै गरेको ओन्टेसट मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।