झा दम्पती बेपत्ता प्रकरणमा चारजना पक्राउ – Nagarikabhiyan : National News

झा दम्पती बेपत्ता प्रकरणमा चारजना पक्राउ

जनकपुरधाम । महोत्तरीमा घरबाटै आछ्यानसहित बेपत्ता झा दम्पती प्रकरणमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा छिमेकीसहित चारजनालाई सार्वजनिक गरेको हो ।

पीपरा गाउँपालिका ५ सहोडबाका वर्ष ५२ का रामबाबु यादव, वर्ष २६ का सुरेन्द्र यादव, वर्ष २४ का राजेन्द्र यादव र विहार मधुवनी घर भई वडा नं. ६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

फागुन १० गते राति पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमा सुतेको ठाउँबाट ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी आछ्यानसहित बेपत्ता भएका थिए । बेपत्ता परिवारका सदस्यले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।