पाकिस्तानमा दुई बलत्कारीलाई मृत्युदण्ड
८ चैत्र २०७७, आईतवार ११:४३
एजेन्सी । पाकिस्तानको एक अदालतले दुई जना बलत्कारी पुरूषलाई मृत्युदण्डको सजाय दिएको छ । बलत्कारको विरोधमा पाकिस्तानमा सार्वजनिक आक्रोश पोखिएको र कठोर सजाय दिनुपर्ने माग उठेको थियो ।
अबिद मेहली र शफकत अलिले पाकिस्तानी फ्रान्सेली महिलालाई तिनका दुई सन्तानका सामुने लाहोर नजिकको एक मोटरसडकमा बलत्कार गरेका थिए ।
गाडीमा पेट्रोल भर्न खोजेका बेला यी दुईले कारमा बलपूर्वक छिरेर लुटपाट गरी ती महिलाका दुई सन्तान अगाडि बलत्कार गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
यो बलत्कारका बारेमा एक प्रहरीले महिला अबेर राति किन निस्केको भनी अभिव्यक्ति दिएको सार्वजनिक भएपछि पाकिस्तानमा ठूलो प्रदर्शन गरिएको थियो ।
शनिबार लाहोरको पूर्वी शहरमा रहेको एक विशेष अदालतले बलत्कारीहरूलाई बलत्कार, अपहरण, लुटपाट र आंतकवादको कसुरमा सजाय सुनाएको हो ।
अपराधीका वकिलहरूले यो फैसला विरूद्ध पुनरावेद गर्ने भनेको एएफपी समाचार संस्थाले बताएको छ ।
बलत्कारको यो घटनामा महिलामाथि प्रश्न उठाउँदै प्रहरी अधिकारी उमर शेखले महिलाले घरबाट अबेर निस्कने बेला गाडीमा पेट्रोल छ कि छैन किन चेक गरिनन, भीडभाड हुने बाटो छोडी सुनसान सडकामा किन गइन जस्ता सवाल खडा गरेपछि त्यसको विरोधमा सार्वजनिक प्रदर्शन तीव्र भएको थियो ।
९सेप्टेम्बर २०२०मा यो घटना भएको थियो । न्यायका लागि प्रदर्शन भएपछि डिसेम्बरमा बलत्कारको नयाँ कानुन पारित गरिएको थियो । बलत्कारको मुद्दा द्रुतगतिमा चलाउन र कठोर सजाय गर्ने प्रावधान सहितको नयाँ कानुन पारित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया