खोप लगाएको दुई दिनपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानमा कोरोना संक्रमण पुष्टि
८ चैत्र २०७७, आईतवार ०७:४५
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । कोभिडविरुद्धको खोप लगाएको दुई दिनपछि उहाँमा संक्रमण भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएका बारे उहाँका विशेष स्वास्थ्य सहयोगी फेसल सुल्तानले शनिबार ट्वीटर मार्फत जानकारी दिनुभएको हो ।
‘प्रधानमन्त्री इमरान खानमा कोेभिड–१९ संक्रमण पोजेटिभ देखिएको छ’, उहाँले भन्नुभएको छ, ‘उहाँ घरमै आइसोलेसनमा हुनुहुन्छ ।’
प्रधानमन्त्री खानले बिहीबार खोप लगाउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया