बालबालिकाको शिक्षा संविधानमा सुरक्षित तर समाजको व्यवहारमा असुरक्षित – Nagarikabhiyan : National News

बालबालिकाको शिक्षा संविधानमा सुरक्षित तर समाजको व्यवहारमा असुरक्षित

विचार | हाम्रो देशमा बालबालिकाले पढ्न पाउने अधिकार संविधानले सुरक्षित गरेको छ । तर पिछडिएका समाजमा बालबालिकाले पाउनुपर्ने शिक्षा व्यवहारमा असुरक्षित रहेकोे छ ।

अशिक्षित र गरिबी क्षेत्रको समाजमा बसोबास गर्ने बालबालिकाहरु पढ्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । बालबालिकाको पढ्ने चाहना हुँदाहुँदै पनि श्रमिक जीविका चलाइरहेका छन् ।

बालबालिका शिक्षाबाट बन्चित हुनु पर्दैन भन्ने कुराको स्थानीय र प्रदेश सरकारले थुप्रै निति नियम बनाइएका छन । तर बन्चित हुने ठाउँमा अहिलेसम्म पहल र न्यूनीकरण गरिएको छैन । बालबालिका शिक्षाबाट बन्चित हुने समाजमा मात्र सेल्फीमा पहल र न्यूनीकरण गरिएको छ तर व्यवहारिक रूपमा होइन ।

पढ्ने, लेख्ने उमेरमा बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन शिक्षालाई संविधानले मौलिक हकको रुपमा राखेको छ । तर घरायसी कारणले शिक्षा सबैको पहुँचमा पुग्न सकेको देखिँदैन । हाम्रो देशमा गरिबी क्षेत्रका लागि विभिन्न संघ संस्थाले त्यस्तो पहलमा लागेका छन । तर खै यस्तो समस्या समाधान गरिएको कहाँ पाइयो ?

विद्यालयमा नि:शुल्क पठनपाठनले मात्र हुँदैन । गरिबी समाजमा त्यो बालबालिकाको अभिभावकलाई रोजगार सम्मको पनि व्यवस्था हरेक स्थानीय र प्रदेश सरकारले मिलाउनुपर्छ । शिक्षा निःशुल्क छ तर पढ्नका लागि कापी, किताब, पोशाकलगायत अन्य खर्च जुटाउन समस्या हुन्छ। पठनपाठन नि:शुल्क ले बाकी कुरा पूरा हुँदैन । बालबालिकालाई पढ्ने सामग्रीको लागि आर्थिक चाहियो जुन चाहिँ पीडित क्षेत्रको समाजमा बालबालिकालाई अभिभावकले तिर्न सकेको छैन । यो बेरोजगारी भएकै कारण हो ।

बालबालिका देशको भविष्य भएकाले यिनीहरुको संरक्षण र शिक्षादीक्षाको जिम्मा अभिभावक, समाज र राष्ट्रको हो। बालबालिकाले ढुक्कले पढ्न पाउने वातावरण तयार गर्ने जिम्मा सरकारको हो । स्थानीय सरकारले आ-आफ्नो पालिकामा भएका बालबालिकाहरुको शिक्षाको जिम्मा लिनुपर्छ ।