दुर्घटनामा मृत्यु – Nagarikabhiyan : National News

दुर्घटनामा मृत्यु

राजविराज । पुर्व–पश्चििम राजमार्ग अर्तगत सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.–११ स्थित सडक खण्डमा आज ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा जिल्ला दक्षीण झिटकैया वडा न.८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

ठक्करबाट घाइते भएका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा आजै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पूर्वबाट पश्चित तर्फ जादै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको ना ६ त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिएको थियो ।

यता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।