महान्यायाधिवक्ता खरेलले दिए राजीनामा – Nagarikabhiyan : National News

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्।

कार्यकाल सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएका हुन्। महान्यायाधिवक्ता कार्यालय स्रोतले राजीनामाबारे आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।

सरकारका मुख्य कानुनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए। खरेलले संसद पुनःस्थापना भएलगत्तै राजीनामा दिने तयारी गरेका भएपनि नेकपा खारेजी र एमाले ब्यूँतिएपछिको राजनीतिक अवस्थाले राजीनामा दिएका थिएनन्।