यो वर्ष देशभरमा आगलागीबाट ७९ जनाको मृत्यु –  १ अर्ब ५९ करोड रुपैयाँको क्षति – Nagarikabhiyan : National News

यो वर्ष देशभरमा आगलागीबाट ७९ जनाको मृत्यु –  १ अर्ब ५९ करोड रुपैयाँको क्षति

काठमाडौं । देशभरमा आगलागीबाट यो वर्ष ७९ जनाको ज्यान गयो । भने आगलागीबाट  एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले बताएका छन् ।

गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएका हुन् । यस घटनामा ३३२ जना घाइते भएका छन् ।

गृह मन्त्रालयले गर्मी बढेसँगै अब आगलागीका घटना बढ्ने भएकाले सतर्क हुन सबैमा अनुरोध गरेको छ ।