आगालगीबाट चार घर नष्ट
५ चैत्र २०७७, बिहीबार ०९:०७
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा गएराति आगलागी हुदा चार वटा घर जलेर नष्ट भएका छन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय हरिकिशुन खंंगको घरमा रहेको ग्यास सिलिण्डर लिंक भएर आगलागी भएको हो ।
सो आगलागीमा हरिकिशुनसहित रामचन्द्र खंग र नकछेदी खंगको चार वटा घर जलेर नष्ट भएको वडा अध्यक्ष राजेन्द्र साहले जानकारी दिनुभयो ।
आगलागीमा परि घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहनासहितका सबै सरसमान जलेपछि करिब ४० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
आगो निभाउने क्रममा हरिकिशुन घाइते हुनुभएको छ । उहाँको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
आगोलाई राजविराज नगरपालिका र हनुमाननगर नगरपालिकाबाट आउको वारुणयन्त्र तथा नेपाल र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया