कोरोना – स्वास्थ्य सेवामा परेको प्रभावले दक्षिण एशियामा २ लाख भन्दा बढी बालबालिकाको मृत्यु – Nagarikabhiyan : National News

कोरोना – स्वास्थ्य सेवामा परेको प्रभावले दक्षिण एशियामा २ लाख भन्दा बढी बालबालिकाको मृत्यु

काठमाडौं ।  कोरोनाका कारण स्वास्थ्य सेवामा परेको प्रभावले दक्षिण एशियामा मात्रै २ लाख ३९ हजार आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ । त्यसमा अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्का रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनको अनुसार यी ६ देशमा थप २ लाख २८ हजार पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान भएको छ । स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ ।

दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र एक लाख ८६ हजारको मृत्यु भएको छ ।