लहानमा बम विस्फोट हुँदा घाइते संख्या ८ पुगे, २ जनालाई काठमाडौं रिफर – Nagarikabhiyan : National News

लहानमा बम विस्फोट हुँदा घाइते संख्या ८ पुगे, २ जनालाई काठमाडौं रिफर

काठमाडौं ।  सिरहा जिल्लाको मालपोत कार्यलय लहानमा प्रेसर कुकर बम विस्फोट हुँदा ९ घाइते भएकामध्ये गम्भीर बनेका दुई जनाको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

बम बिष्फोटमा परी घाइते भएका नायब सुब्बा शिव कुमार यादव तथा सेवाग्राहीहरु धनगढीमाइ नगरपालिका–१३ का भोला बहादुर पाछे मगर, धनगढीमाइ–४ का दिनेश कुमार भण्डारी, गोलबजार नगरपालिका–४ की फूल कुमारी ठाकुर, गोलबजार– ६ बी बेचनी मगर, लक्ष्मीनारायण मगर, लहान नगरपालिका–१६ तरेगनाका लाल बहादुर विक र भगवानपुर–३ का बद्री नारायण यादव रहेका छन् ।

घटनास्थलमा गोइत समूहको तराइ जनतान्त्रिक मोर्चाको पर्चा फेला परेको छ । उक्त समूहले आक्रोश स्वरूप घटना घटाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तराइ जनतान्त्रिक मोर्चाका उपाध्यक्ष यादवले प्रशासन कार्यालयमा हिंसात्मक गतिविधि छाड्ने भन्दै आजै निवेदन दिएका थिए ।