महोत्तरीका बृद्ध दम्पति अपहरण विरुद्ध जनकपुरको युवाहरुद्वारा सडक अवरुद्ध
२९ फाल्गुन २०७७, शनिबार १३:२४
काठमाडौं । महोत्तरी जिल्लाको सहोडवामा बृद्ध दम्पति १९ औं दिन बितिसक्दा पनि फेला परेका छैनन् । सो बृद्ध दम्पति अपहरण घटनाको विरोधमा आज जनकपुरको युवाहरू द्वारा सांकेतिक चक्काजाम गरि सडक अवरुद्ध गरिएको छ ।
पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसफिर झा र उनकी श्रीमती ६० वर्षकी गीतादेवी बेपत्ता भएका थिए । तर १९ औं दिन बितिसक्दा पनि अहिले सम्म प्रहरी प्रशासन कानमा तेल हानिकै अवस्था रहेकोे जनकपुर ७ का वडा अध्यक्ष जानकी राम साह लगायत प्रदर्शनकारी युवाहरूको गुनासो रहेका छन् ।
जनकपुरका समाजसेवी युवाहरू र विद्यार्थी युवाहरूले बृद्ध दम्पति अपहरण घटनाको विरोधमा सांकेतिक चक्काजाम गरि निज दम्पतीको बारेमा सत्यतथ्य छानबिन गर्न प्रदर्शनकारीले प्रहरी प्रशासनलाई अनुरोध गर्दै नारा लगाइएका छन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया