म छोड्नेवाला छैन, लड्नेवाला छु: प्रचण्ड
२७ फाल्गुन २०७७, बिहीबार १५:३२
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि एक पटक लड्ने बेला आएको बताएका छन् ।
आज बिहीबार पार्टी निकट नयाँ स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले अब आफ्नो खुट्टामा उभिनकै लागि भएपनि लड्नुपर्ने बेला आएको बताए ।
आफ्नै खुट्टामा उभिन देशव्यापी अभियान चलाउन लागेको बताउँदै प्रचण्डले अब जनताको घर दैलो गर्ने बताए । उनले भने, ‘फेरि आफ्नै खुट्टामा उभिने बेला भएको छ।
देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु । फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु। काठमाडौँमा नबस्ने सोच बनाएको छु। हाम्रा विरुद्ध षड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वकाविरुद्ध लडौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’
उनले आफ्नो उमेर बढ्दै गए पनि फेरि एकपटक लड्नुपर्ने बेला भएको बताए। ‘म ६६ वर्ष भएँ, उमेरले कति दिन्छ। म छोड्नेवाला छैन। एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन। दुई चार व्याटल जित्न बाँकी छ,’ उनले भने।
उनले जनयुद्धमा साथ दिएका पक्षलाई पार्टीले चाहिने जति ध्यान दिन नसकेको स्वीकार गर्दै त्यसलाई सच्याउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया