नेपाल मुस्लिम आयोगले औपचारिक कार्यक्रमहरुमा मुस्कान खातुनलाई विशेष वक्ताको रुपमा राख्ने
२६ फाल्गुन २०७७, बुधबार १७:००
काठमाडौं । नेपाल मुस्लिम आयोगले कार्यक्रमहरुमा मुस्कान खातुनलाई विशेष वक्ताको रुपमा राख्ने जनाएको छ ।
आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा मुस्कान खातुनलाई प्रस्तुत गर्ने भएको हो । बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गर्नुभएको छ ।
एसिड बिरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले सम्मान कार्यक्रममा विशेष स्थान मुस्कानलाई नै दिन लागिएको अध्यक्ष अन्सारीले बताए । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकोले आयोगले सम्मान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया