१ महिना हुन लागेको बेपत्ता भएकी ८ वर्षिया बालिका जोया भेटिएन
२६ फाल्गुन २०७७, बुधबार ११:४०
काठमाडौं । चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं १ मा बसोबास गर्ने इनुस खानको छोरी ८ वर्षिया जोया खान बेपत्ता भएको छ ।

नारायणघाट हङकङ बजारबाट मिति २०७७/११/०४ गते करिब साझको ७ बजे उनको छोरी हराएको थियो । सो खबर ति बालिकाको अभिभाबक लगायत स्थानीयले खोज गरेका थिए तर भेटिएन ।

लामो समय १ महिना हुन गइरहेको छ तर स्थानीय प्रहरी खोज अनुसन्धानमा ध्यान त्यति नदिएकोले अहिलेसम्म उनको छोरीको अत्तोपत्तो छैन ।
बेपत्ता बालिकाको बुबा इनुस खानले नागरिक अभियानलाई जनाकारी दिएको छ । बेपत्ता भएकी बालिका ८ वर्षिया जोया खान यदि कुनै ठाउँमा भेटिएमा 9814432656 / 9847775681 / 9807504245 नम्बरमा सम्पर्क गरी जानकारी दिन अभिभावकले अपिल गरेको छ । साथै ति बालिकालाई खोजी गर्न नेपालका हरेक जिल्ला प्रहरीले सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया