बाराको गढ़िमाई नगरपालिकाले गरिब परिवारका बिरामीलाई काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने
२५ फाल्गुन २०७७, मंगलवार १७:४८
काठमाडौं । बाराको महागढीमाई नगरपालिका भित्रका दलित, सुकुम्बासी तथा अति विपन्न परिवारका व्यक्ति बिरामी परेमा काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताएका छन् ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै मुटु, मिर्गौलालगायतका दीर्घरोगीलाई उपचार खर्चको लागि वार्षिक २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन ।
नगरपालिकाले सुत्केरी पिडितका लागी चारवटा बर्थिङ सेन्टर स्थापना गरिने तथा स्वास्थ्य क्षेत्रको सुधारको लागि वार्षिक ८० लाख रुपैयाँ उपलब्ध गराउँदै आएकोमा आगामी आर्थिक वर्षदेखि त्यसलाई बढाएर एक करोड ५० लाख बजेट छुट्याउने भएको छ ।
कृषि क्षेत्रमा एक करोड ५० लाख, पर्यटकीय क्षेत्रको विकासको लागि शक्तिपीठ गढीमाई मन्दिर, पाटीपौवा, पोखरी सौन्दर्यकरणको लागि एक करोड ५० लाख रकम विनियोजन गर्ने योजना रहेको नगरप्रमुख यादवले बताए ।
११ वडा रहेको महागढीमाई नगरपालिकामा ६५ हजार जनसंख्या छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया