बारामा आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा एक जना मृत फेला, अनुसन्धान शुरु
२५ फाल्गुन २०७७, मंगलवार १६:५३
काठमाडौं । बारामा आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा एक जना मृत फेला परेका छन् ।
निजगढ नगरपालिका-९ बुद्ध चोक बस्ने १८ वर्षीय कालु भनिने रोहित शर्मा आफ्नै घरमा मंगलवार बिहान घाँटी रेटिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटि गएको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया