नारी दिवशमा उत्कृष्ट बोल्नेलाई नगद पुरस्कार – Nagarikabhiyan : National News

नारी दिवशमा उत्कृष्ट बोल्नेलाई नगद पुरस्कार

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा १११ औं अन्तराष्टिय नारी दिशवको अवसरमा वकतृत्वक कला प्रतियोगिता सम्पन्न भएको छ । महिलाको सुरक्षा ,सम्मान र रोजगार,समृद्ध नेपालको आधार भन्ने विषयमा सम्पन्न भएको वकतृत्वकला प्रतियोगितामा उतकृष्ट बोल्नेहरुलाई पुरस्कार प्रदान गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा दिवशको अवसरमा सम्पन्न भएको कार्यक्रममा शारदा मावि ढोककी सुलेना पौडेल प्रथम, रुपेश मेहता द्धितिय, जनता माविकी प्रीयकां साह तृतिय र सुनिल साह तथा सुनिल मण्डल सान्वना भएका छन् । उनीहरुलाई पुरस्कार समेत प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले जानकारी दिनुभयो । पालिकाले प्रथम, द्धितिय, तृतिय र सान्वनालाई क्रमशः ३०००,२०००,१००० र पाँच सय रुपियाँ नगद तथा प्रमाण वितरण गरिएको मेहताले बताउनुभयो । यसैबीच गाउँपालिकामा दिवशको अवसरमा अन्तक्रिर्या तथा सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष पुनमकुमारी मेहता, मानवअधिकार समुह भोक्राहा नरसिंहकी अध्यक्ष शोभाकुमारी मेहता, जेष्ठ महिला जनप्रतिनिधि चैती ऋषिदेव, स्वास्थ्य स्वयमसेविका रुकमा सदा र राजनीतिककर्मी पूर्व सभासद सविता यादवलाई साझेदारी नेपाल सुनसरीले सम्मान गरेको छ । महिलाको क्षेत्रमा योगदान गरेको र महिलाहरुको हकहितमा कृयाशिल रहेको भन्दै महिला कृयासिल सम्मानबाट पाँचै जनालाई सम्मानित गरिएको हो । समानित हुनुभएका सबैलाई गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले हार्दिक बधाई दिनुभयो । यसैबीच संस्थाले युवा महिला विधार्थी पुजा कुमारीलाई समेत सम्मान गरेको संस्थाको अध्यक्ष सोनी यादवले जानकारी दिनुभयो । उता एक सय एघारौं अन्तर्राष्ट्रिय नारी दिवस धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका लगायत सुनसरीका १२ वटै स्थानीय तहले दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेका छन् ।
दुहबी नगरपालिकामा वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्र नेपालले नगरपालिकाको वृहत अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
यसैबीच इनरुवा नगरपालिकामा आयोजना गरेको कार्यक्रममा महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध, नेपालको आधार नारालाई सार्थक पार्नका लागि जोड दिएका छन ।
नेपालको नयाँ संविधान महिला मैत्री भएपनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनका लागि बन्ने कानून पनि महिला मैत्री बन्नुपर्नेमा सरोकारवलाहरुले जोड दिएका छन् ।
समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको १११ वर्ष पूरा भएको छ । सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए । सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।
१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहतालाई सम्मान गर्दै साझेदारी नेपाल सुनसरी ।
तस्विर ः जयकुष्ण यादव । इनरुवा


२, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा वतकृत्वकलामा विजयी भएका बालबाकिलाहरु पुरस्कार पाएपछि सामूहिक तस्बीरमा ।
तस्विर ः जयकुष्ण यादव । इनरुवा