प्रचण्डबाट अलग भएर माधव नेपालले गरे छुट्टै बैठक, एमालेमा जानेबारे छलफल – Nagarikabhiyan : National News

प्रचण्डबाट अलग भएर माधव नेपालले गरे छुट्टै बैठक, एमालेमा जानेबारे छलफल

काठमाडौं । सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएपछि संकटमा परेका माधवकुमार नेपाल पक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट अलग भएर छुट्टै बैठक गरेको छ ।

नयाँबानेश्वरस्थित अर्याल होटलमा माधवकुमार नेपाल पक्षका सांसदले छलफल गरेका छन् ।

सर्वोच्च अदालतले आईतबार फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको छ । माधवकुमार नेपाल एमाले भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कटुता बढेपछि प्रचण्डसँग नजिक छन् ।

नेपाल पक्षको भेलामा आगामी रणनीतिका विषय र नेकपा एमालेमा जानेबारे अनौपचारिक छलफल गरेको जनाइएको छ ।

भेलामा माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू र केन्द्रीय कमिटीका केही नेताहरू सहभागी रहेका थिए । प्रचण्ड–नेपाल पक्षले अहिले दिउँसो ३ बजे संयुक्त स्थायी कमिटी बैठक बोलाएको छ ।

संयुक्त स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलापछिको राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

सर्वाेच्च अदालतले आईतबार नेकपा नाम विवाद मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाउँदै सत्तारुढ नेकपाको एकता बदर गरेको थियो ।

सर्वाेच्चको फैसलाले साविक एमाले र माओवादी अलग–अलग दल रहेको र एकता गर्ने चाहे निर्वाचन आयोगमा प्रक्रिया जानसक्ने आदेश गरेको छ । त्यसपछि ओली पक्षले देशभरका धमाधम जिल्ला कार्यालय पुनर्स्थापना गर्दै नेकपा एमालेको बोर्ड झुण्ड्याइरहेको छ ।मिडिया डबलीबाट