यमनको आप्रवाशी शिविरमा आगलागी हुदाँ आठ जनाको मृत्यु – Nagarikabhiyan : National News

यमनको आप्रवाशी शिविरमा आगलागी हुदाँ आठ जनाको मृत्यु

एजेन्सी ।  यमनको राजधानीको एक आप्रवाशी शिविरमा  आगलागी भएको छ ।  हिजो (आइतवार) भएको आगलागीमा कम्तीमा आठ आप्रवासीको ज्यान गएको बताइएको छ ।

त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।

यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरिता पनि  मृत्यु हुनेहरूको संख्या अझ धेर हुनसक्ने बताइएको छ । उक्त समाचार आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिएका छन् । सोमवार आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिएका हुन् ।

त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही गम्भीर रुपमा घाइते भएका छन् । आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा नभएको जनाएको छ ।