कोरोना महामारी नियन्त्रणको पूर्व तयारीमा चुक्यो सरकार, कोरोनाले गर्न सक्ने क्षतिबारे ज्ञान नै छैनः देउवा – Nagarikabhiyan : National News

कोरोना महामारी नियन्त्रणको पूर्व तयारीमा चुक्यो सरकार, कोरोनाले गर्न सक्ने क्षतिबारे ज्ञान नै छैनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आइतबार भएको छलफलमा भाग लिँदै सभापति देउवाले सरकारलाई कोरोना भाइरसले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन ।’ नीति तथा कार्यक्रम हेर्दा जनताको पीडा बुझ्ने हृदय नै नभएको पाएको उनले सुनाए ।नेपालपानाबाट