सुनसरीमा पत्रकारहरुलाइ आधारभुत पत्रकारिता तालिम सम्पन्न ( तस्बिर सहित ) – Nagarikabhiyan : National News

सुनसरीमा पत्रकारहरुलाइ आधारभुत पत्रकारिता तालिम सम्पन्न ( तस्बिर सहित )

देवानगञ्ज । १ नम्वर प्रदेश अन्तरगत सुनसरी जिल्लाका पत्रकारहरुको लागि ७ दिने आधारभुत पत्रकारिता तालिम आज आइतबार सम्पन्न भएको छ ।

सुनसरी सदरमुकाम इनरुवाको जिल्ला समन्वय समिति कार्यालय स्थित को जिल्ला समन्वयको सभाहलमा नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिले आयोजना गरेको नेपाल पत्रकार महासंघ सुनसरी शाखाको समन्वयमा  पत्रकारहरुको लागि आधारभुत पत्रकारिता तालिम आयोजना थियो । सुनसरीमा इटहरी र इनरुवा गरि दुई स्थानमा आधारभुत पत्रकारिता तालिमको आयोजना गरि पहिलो चरणको तालिम इटहरीमा हुन्थ्यो भने दोस्रो चरणको तालिम इनरुवामा हुने गरेको कार्यक्रम आज आइतबार  सम्पन्न भएको छ ।

प्रविधिको अधिकतम प्रयोग गरेर स्थलगत पत्रकारितालाइ सरल र सहज बनाउने उद्येश्यले संचालन गरिएको तालिममा धरान, इटहरी, दुहबी, भोक्राहा, इनरुवा लगायत आधारभुत पत्रकारिता जिल्लाका पत्रकारहरु तालिममा सहभागी रहेको थिए  ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले सुनसरी शाखाको समन्वयमा फागुन १७ गते देखि २३ गते सम्म ७ दिने तालिम आयोजना गरिएको आधारभुत पत्रकारिता तालिममा नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्व अध्यक्ष धर्मेन्द्र झा र केन्द्रिय कार्यालय तालिम प्रबन्धक संघर्ष पन्त प्रशिक्षकको रुपमा रहनु भएको थियो ।

सुनसरी जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुन प्रसाद कोइरालाले नयाँ पत्रकारहरुलाइ पत्रकारिता क्षेत्रमा स्वागत गर्दै सत्य तथ्यमा आधारित रहन , आवाज बिहिनहरुको आवाज बन्न, गरिब जनताको समस्याहरु सम्बन्धित निकाय सम्म पुर्याउनका निम्ति विभिन्न कुरामा ध्यानाकर्षण गराएका थियो ।

आधारभुत पत्रकारिता तालिमको समापन गर्दै कार्यक्रमको अध्यक्ष नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का तालिम पश्चात प्रविधिको प्रयोगमा संचारकर्मीहरु थप अभ्यस्त हुने विश्वास ब्यक्त गरे । पत्रकारहरु सक्षम र सवल भएमा मात्रै सुचना तथा समाचार हरु पनि विश्वसनिय र परिपक्व हुने बताउदै अमर खड्काले पत्रकारहरुलाइ कोठाभित्र भुमिगत भएर समाचार लेख्ने भन्दा पनि कुनैपनि स्वार्थ नराखी सत्य र तथ्य समाचार लेख्न आग्रह गरेका छन् । खड्काले कार्यक्रममा पत्रकार आचारसंहिताको बारेमा स्पष्ट पार्दै  पत्रिका तथा सञ्चार माध्यममार्फत प्रवाह गरिने समाचार, सूचना, जानकारीहरु र विचार सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्दछ भनिएको छ । आचार संहितामा समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्ने, गोप्य स्रोतको संरक्षण, गोपनीयताको हकको सम्मान गर्नुपर्ने, भ्रमण तथा लेखनवृत्तिमा पारदर्शिता अपनाउनुपर्ने विषय छ । प्रायोजित भ्रमण तथा लेखनवृत्ति ग्रहण गरी तयार पारिएको सामग्रीको प्रायोजन वा वृत्ति लिइएको बारेमा सोही सामाग्रीमा स्पष्ट खुल्ने गरी प्रकाशन वा प्रसारण गर्नुपर्ने बुँदा छ । राष्ट्रिय विपतमा संयम अपनाउनु पर्ने, गल्ती सच्याउन तत्परता देखाउनु पर्ने विषय छन् ।


सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण गर्नु नहुने साथै, हिंसा, आतंक, अश्लीलता र अपराधलाई प्रश्रय हुने प्रकाशन, प्रसारण र वितरण गर्न नहुने उल्लेख रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा ले प्रविधिको विकास संगसंगै पत्रकारहरु पनि प्रविधिमैत्री बन्दै जानुपर्ने आवश्यकता रहेकाले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुको लागि तालिम आयोजना गरिएको बताएका छन् । गाउँको सुचनालाइ शहरसम्म जोड्नको लागि शाखा सुनसरीको समन्वयमा आयोजना गरेको तालिम फलदायी हुनेमा झा ले विश्वास ब्यक्त गरे । झाले भने , ‘पत्रकारितामा सवैथोक गर्न छुट छ तर गल्ती गर्न छुट छैन, समाचारलाइ विश्वसनिय बनाउन र गल्ती कम हुनको लागि पत्रकारहरुमा मल्टिमिडियोको ज्ञान हुनु आवश्यक छ, त्यही आवश्यकता परिपुर्ति गर्नको लागि तालिमको आयोजना गरिएको थियो ।

कार्यक्रममा केन्द्रिय कार्यालय तालिम प्रबन्धक संघर्ष पन्तले समुदायले पत्रकारितालाई उपल्लो दर्जामा राखेर हेर्ने गरेकोले आफ्नो क्षमता प्रस्तुत गरेर पत्रकारहरु समाजको उदाहरणीय पात्र बन्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, यसका लागि सबै भन्दा पहिला पत्रकारहरुलाइ आत्मीय विश्वास हुनुपर्छ। आत्मविश्वासका लागि परिश्रम र व्यवसायिकता अत्यावश्यक भएकोले कमजोर मानसिकता नराख्न पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पुर्व अध्यक्ष धर्मेन्द्र झा, केन्द्रिय कार्यालय तालिम प्रबन्धक संघर्ष पन्त, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष पवन अधिकारी , सुनसरी जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुन प्रसाद कोइराला लगायतले यस खाले तालिम लगायतका विषयमा विभिन्न धारणाहरु राख्नुभएको थियो ।

समापन कार्यक्रम नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि सुनसरी जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुन प्रसाद कोइराला रहनु भएको थियो  त्यसैगरी नेपाल प्रेस युनियन इनरुवा नगर संयोजक टाेमराज मेहता, कोषाध्यक्ष नसिम अन्सारी, पत्रकार जुुगेश दास, अजमल अन्सारी,  मुनाफ हसन, गणेश यादव, असलम हुसेन, मुना बिष्ट लगायत तालिममा सुनसरी क्षेत्रका विभिन्न संचारमाध्यममा कार्यरत ४१ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

तस्बिर : अजमल अन्सारी