राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता हुने – Nagarikabhiyan : National News

राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता हुने

राजविराज ।  प्रथम देवसन्दर स्मृति कप राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

भारोत्तोलन संघ सप्तरीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सप्तरीको राजविराजमा यही फागुन २९ गतेदेखि हुने प्रथम देवसन्दर स्मृति कप राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिताको तयारी पुरा भएको जनाइएको छ ।

भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले प्रतियोगितामा सात वटै प्रदेशका साथै, सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमको सहभागिता रहने जानकारी दिनुभयो ।

प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५÷३५ खेलमा प्रतिस्पर्धा हुनेछन् ।

यस्तै प्रतियोगिताको प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्ने तय भएको संघका सचिव गोपाल प्रसाद गुप्ताले बताउनुभयो ।

कुल १ सय २५ खेलाडी सहभागी रहने प्रतियोगितामा महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा भारोतोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ महासचिव तिलक बहादुर राउत, संघका सल्लाहकार सूर्यनाथ यादव जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले प्रतियोगिताबारे आवश्यक जानकारी गराउनुभएको थियो ।

१८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पु्रस्कार दिने तय भएको भारोत्तोलन संघ सप्तरीले जनाइएको छ ।