टर्किस एयरलाइन्सले ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगे
२३ फाल्गुन २०७७, आईतवार ११:५२
काठमाडौं । टर्किस एयरलाइन्सको विमान बिहान ११ बजेतिर ३ लाख ४८ हजार डोज कोरोना खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेका छन् । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोप सम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका थिए ।
सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्ष माथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरस विरुद्धको खोप दिँदै छ । ५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्ष माथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया