अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा ढुंगा प्रहार, बीचमै छोडेर हिँडे
२१ फाल्गुन २०७७, शुक्रबार १५:१२
रुपन्देही। रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ । स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले बिहीवार देखि नै विरोध प्रदर्शन गर्दै आएका छन्।
ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले कडा सुरक्षा दिएको छ । स्थानीय र प्रहरी दुवै घाइते भएका छन् । विरोध गर्दै आएका स्थानीयले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्चकातर्फ रहेकाले पनि प्रतिकार गरेको र त्यसपछि वातावरण झन् विथोलिएपछि भर्खर मन्तव्य दिन सुरु गरेका अर्थमन्त्री पौडेल मञ्च छाडेर हिँडेको प्रहरीले जनाएको छ। उनीहरुले हिजो नै मञ्च भत्काएका थिए ।
झण्डै एक हजार बिगाह क्षेत्रफलमा बनाउन लागिएको औद्योगिक क्षेत्रमा झण्डै ३ सय घर परिवार प्रभावित हुने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया